• मोरङ । मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूले राजनीति अब मंगोल मूलबासीहरुले गर्नुपर्ने बताएका छन् । 
    शनिबार (आज) संगठनको मोरङको उर्लाबारी नगर अधिवेशन तथा ३३ औं स्थापना दिवस कार्यक्रममा लिम्बूले सो कुरा बताएका हुन् । देश बनाउने र समाज परिवर्तन गर्न चाहनेहरुको लागि राजनीति माध्यम बन्ने उनको भनाइ थियो । तर, देश बनाउने भन्दा भ्रष्ट र कमिसनखोरहरुको थलो भएकोले नेपाली जनताले दुःख पाउनु परेको लिम्बूले बताए । मुलबासी मंगोलहरुले फोहोरी खेल भनेर पछि हट्न नहुने तर्क गर्दै राजनीति अनिवार्य तत्व भएको बताए । 
    लिम्बूले नेपाल मूलबासी मंगोलहरुको भएको दावि गर्दै ‘खस आर्यन’ समुदाय सत्ता जान्छ कि भन्ने डराइरहेको उनको भनाइ थियो । मंगोलहरुले अबभने जाँड, रक्सी र मासु खाएर एमाले, कांग्रेस, माओवादीलाई भोट नहान्ने उनको भनाइ थियो । 
    कार्यक्रममा संगठनको १ नम्बर प्रदेश सदस्य शिवकुमार राई, सोम तामाङ, मोरङ जिल्ला अध्यक्ष बिकेन वान्तावा राई, सुनबर्षी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ, पथरीशनिश्चरे नगर अध्यक्ष पुनम राई, सुन्दरहरैचा अध्यक्ष कृष्णदेव राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    उर्लाबारीको मंगलबारे स्थित साकेला थानमा भएको कार्यक्रममा सतार नृत्य, कविता वाचन तथा गीत प्रस्तुत भएको थियो । कार्यक्रम अघि मंगोल भूलबासी एक होऔ, नेपाल कस्को मंगोलको, हामी मंगोल हिन्दु होइनौ, आदिबासी जनजाति हिन्दू हो लगायतको नारा जुलुससहित मंगलबारे बजार परिक्रमा गरेको थियो । मिक्लाजुङ (टाँडी), उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैचा, सुनबर्षी लगायतबाट बसमा आएका पाँच सय बढी समर्थकहरु कार्यक्रममा उपस्थित थिए । 

    एमएनओ उर्लाबारीमा मोहन राई
    मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ)को प्रथम उर्लाबारी नगर अधिवेशनले मोहन राईको अध्यक्षतामा नगरसमिति चयन भएको छ । 
    सुक्रबार भएको बन्दसत्रले समितिको सचिवमा मणिकुमार तामाङ, कोषाध्यक्ष यशोधा तामाङ, सहसचिव विश्व राई चयन गरेको छ । सदस्यहरुमा नेत्रकुमार राई, सुरज राई, धनकुमार मोक्तान, भुपाल तामाङ, सिंहबहादुर तामाङ, विश्वबन्धु तामाङ, मञ्जु तामाङ, बिनिता तामाङ, नारायण विसंखे, तेजेन्द्र तामाङ, जितबहादुर तामाङ, सोनाम तामाङ चयन गरेको छ । त्यसैगरी लालबहादुर लिम्बू, भरत राई, हेमन्त राई, नैनसिंह तामाङ, डोल्मा तामाङ, पुष्पा फोम्बो र सल्लाहाकारमा मानबहादुर सम्बाहाम्फे, दिनबहादुर मगरसहित २४ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो । सुक्रबार समिति चयन गरेर शनिबार वृहत कार्यक्रमको आयोजना गरी नाम सार्वजनिक तथा ३३ औ स्थापना दिवस मनाएको हो । 
    एमएनओ बुद्धलाल मेचे र वीरलाल राई अध्यक्ष रहेको दुई वटा संगठन रहेको छ । उर्लाबारीमा भएको संगठन बुद्धलाल मेचे समर्थक संगठन हो । पछिल्लो समयमा एमएनओको संगठन र समर्थकहरु बढ्दै गएको बुझिन्छ । 

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…