• कर्णाली, १९ पुस

    कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई रु दुई लाख र जाजरकोटकी कामना विष्टलाई रु ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो । 

        थाइल्याण्डमा सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा जुम्लाकी धावक सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गर्नुभएको थियो भने पुलिस क्लबको प्रतिनिधित्व गर्दै जाजरकोटकी कामनाले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालको पक्षमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । समीक्षात्मक बैठकमा मुख्यमन्त्री शाहीले प्रतियोगिताका विजयी खेलाडीलाई टेलिफोनमार्फत बधाई दिनुका साथै प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने घोषणा गर्नुभयो । मुख्यमन्त्री प्रदेश खेलकूद परिषद्का संरक्षकसमेत हुनुहुन्छ ।  

        परिषद्का उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीसँग वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशस्तरीय रङ्गशालामा भलिबल कर्भडहल निर्माण गर्ने, रङ्गशाला निर्माण नहुञ्जेल कालिञ्चोक मैदानलाई वैकल्पिक खेल मैदानको रुपमा प्रयोगमा ल्याउने विषयमा छलफल भएको जानकारी दिनुभयो । परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले प्रदेश रङ्गशाला निर्माणमा भइरहेको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । मङ्सिर २० गते शिलान्यास भएको रङ्गशालाको हाल माटो परीक्षण कार्य सम्पन्न हुनुका साथै साइट घेरबार, पानीका लागि डिप बोरिङ, विद्युत् जडानको काम भइरहेको बताइएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…