• तनहुँ, २० पुस 

     फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले सरकारी कार्यालयअन्तर्गत सामान खरिद प्रक्रियामा स्थानीय व्यवसायीलाई प्राथामिकता दिइनुपर्ने माग गर्दैै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र व्यासनगरपालिकालाई सोमबार त्यस्तो ज्ञापनपत्र बुझाएका हो । 

    भिमादका प्रमुख मेखबहादुर थापा, शुक्लागण्डकीका प्रमुख किसान गुरुङ र व्यासका प्रमुख बैकुण्ठ न्यौपानेलाई सङ्घका अध्यक्ष अमरबहादुर भण्डारीले ज्ञापनपत्र बुझाएका हुन् । अव्यवस्थितरूपमा सञ्चालन हँुदै आएका फर्निचर व्यवसायीलाई व्यवस्थित गरी राजस्व चुहावट हुनबाट रोक्न पालिकालाई जानकारी गराएका थिए । आउँदा दिनमा भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सङ्घका महासचिव सन्तोष विकले जानकारी दिनुभयो ।

    नेपाल फर्निचर तथा फर्निसिङ महासङ्घमा ३४ जिल्ला आवद्ध भएका छन् भने जिल्लामा करिब ७० वटा फर्निचर र फर्निसिङ व्यवसाय सञ्चालनमा रहेको उहाँले बताउनुभयो । दर्ता नगरी व्यवसाय सञ्चालनमा रहेका उद्योग व्यवसायीलाई कानुनी दायरमा ल्याउनसमेत स्थानीय तहलाई आग्रह गरिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…