• नवलपुर, २० पुस 

     नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताउनुभयो । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताउनुभयो । खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

    रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत, पर्सासहितका जिल्लाबाट १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता हुने टिमले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले बताउनुभयो । यस्तै उपविजेताले नगद रु ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महतोका अनुसार प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकले समेत नगद रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    चालिस वर्षमाथिका खेलाडीले मात्रै खेल्ने भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोती–१७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटनसत्रमा अध्यक्ष महतोले युवावस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने बताउनुभयो ।

    यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स टिम विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबीच भएको खेलमा नवलपरासी पश्चिम १–२ गोलअन्तरले विजयी भएको हो । नवलपरासीको तर्फबाट कृष्ण शर्मा र नरबहादुर रानाले एक÷एक गोल गर्नुभएको थियो भने चितवनका लागि सोम लामाले एक गोल गर्नुभयो ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …