•      डोटी, २२ पुस 

    केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । 

    वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

        उहाँले भन्नुभयो, “बालाबन राम्रो सुन्ताल उत्पादन हने क्षेत्र हो, सडक सुविधा नहुँदा किसानका सुन्तला बजारसम्म डोकोमा लैजाँदा बिग्रिने र नोक्सान हुने समस्या भएपछि हामीले घरैमा सुन्तला जोख्नका लागि तराजु र सुन्तला राख्न क्यारेड दिएका छौँ, अब सुन्तला बिग्रिँदैन ।” कृषि ज्ञान केन्द्रले दिएका तराजु र क्यारेड पाएपछि अहिले यहाँका किसान खुसी भएका सुन्तला किसान रामसिंह धामीले बताउनुभयो । बलाबन गाउँपालिकाभरिकै सुन्तला पकेट क्षेत्रका रुपमा चिनिने गरेको छ । यस क्षेत्रमा कम्तीमा पनि ५०० देखि ६०० सम्म सुन्तलाका बोट रहेका छन् । 

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…