• राँझा, २२ पुस

     चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

        बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।

        उहाँका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । त्यसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख यादवको भनाइ छ । 

        स्थानीय तहहरुले विद्यालय बन्दका आ–आफ्नै मापदण्ड तय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ तीन दिनका लागि बन्द गरिएको प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…