• कञ्चनपुर, २३ पुस

     शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।

    वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।

    नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । उहाँले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…