• खोटाङ, २३ पुस 

    खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स-रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स-रे सेवा सुरु गरिएको हो ।

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स-रे जडान गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए । 

    अस्पतालमा डिजिटल एक्स-रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स-रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स-रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स-रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स-रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकामा डिजिटल एक्स-रे मेसिनले एक्स-रेसम्बन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । प्रिन्टिङ मेसिन अभावमा डेभलपर (परम्परागत उपकरण) मार्फत रिपोर्ट दिने गरिएको छ । 

     जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित हुँदैआएका छन् । ‘हामीले सरल र सहज मूल्यामा स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएका छौँ,’ व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘पुरानो मोडेलको मेसिनबाट एक्स-रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’ 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …