• काठमाडाैं, २४ पुस

    २४ पुस, शनिबार, । तद्नुसार ८, जनवरी २०२२ । पौष शुक्लपक्ष षष्ठी तिथि, तैतिल करण, उत्तरभाद्रपद नक्षत्र, वरियान योग, चन्द्रमा मीन राशिमा छ ।

    आज सूर्योदय बिहान ६ः५८ मा भएकाे छ भने सूर्यास्त १७ः२३ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति छन् । आज बिहान ९ः३४ बाट राहुकाल शुरु हुनेछ भने १०ः५२ सम्म रहने छ । अभिजित मुहुर्त ११ः५० देखि १२ः३१ सम्म रहने छ । शनिवारको दिन बिहान पिपलको वृक्षमा जल अर्पण गर्ने, शिवालयको दर्शनले व्यक्तिमा उर्जा थपिने छ ।

    विशेषगरी शनिवारको दिन नयाँ कामको शुरुवात गरिँदैन । शनि ग्रह व्यक्तिको जीवनमा दुःख कष्ट दिने मानिन्छ । त्यसैले शनिवारको दिन ध्यान, साधनामा समय बिताउनु उत्तम हुनेछ ।

    आजको राशिफल 

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईंको कार्ययोजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नै यात्रा सुरु गर्नुहोला ।  

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंको भलो हुनेछ ।   

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ ।     

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्नेछ । मानसम्मान मिल्नेछ ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका  कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।   

    तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन हुने तपाईंको यात्रा  कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।  

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र नयाँ कामको सम्भावना बढ्ने छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।  

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले  तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन दिनुहोला ।   

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला । 

सम्वन्धित समाचार

भैरहवा, ११ असाेज । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्ष…

सिन्धुपाल्चोक, ६ असोज सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शा…

महोत्तरी, १५ भदौ   १५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्र…

चितवन, १३ भदाै चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश…