• महोत्तरी, २९ पुस

    महोत्तरीका स्थानीय तहले कोरोना खोपलाई तीव्रता दिन खोप सहितको सेवा प्रवाह गर्न थालेका छन् । नगर कार्यापालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई झण्डै १० वटा पालिकाले खोपसहितको सेवा बुधबारदेखि नै सुचारु गरेका हुन् ।

    जिल्लाको बर्दिबास नगरपालिकाले सुरु गरिसकेको र गौशाला, औरही, रामगोपालपुर, सम्सी, मनरासिस्वा, मट्टिहानी, जलेश्वर, बल्वा, महोत्तरी लगायतका पालिकाहरूमा कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै खोपसहितको सेवा प्रारम्भ हुन थालेको  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    बर्दिबास नगरपालिकामा खोप नलगाएका र पूर्ण खोप लगाउन बाँकी रहेका सेवाग्राहीहरुलाई बुधबारदेखि गेटमा नै खोप लगाउन सुरू गरिएको नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । अहिले महोत्तरीमा कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जाेनसन खोप पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवको भनाइ छ ।

    जिल्लाका झण्डै ९० प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइसकिएको छ । 

    पुस मसान्तसम्म जिल्लामा ६६ देखि ७० प्रतिशत खोप लगाइसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । तर अहिलेसम्म ३५ प्रतिशतले पूर्ण खोपको मात्रा र ६५ प्रतिशतले दोश्रो खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

सम्वन्धित समाचार

काठमाडौं,  २५  साउन  काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई निय…

भक्तपुर,  २५  साउन भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क…

 चितवन, २३ साउन चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी…

भैरहवा,  २०  साउन  भीम अस्पतालले साउनदेखि सिकलसेलका बिरामीलाई लक्षित गर्दै परीक्षण से…