• न्युयोर्क, २९ पुस

    अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो ।

    हिमाली लाटोकोशेरो डुल्दा  वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो । सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ । 

    बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोशेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोशेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।

    ‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोशेरका गतिविधिको पहिचान गर्दै आएको छ । 

    हरेक हिउँदको मौसममा केही लाटोकोशेरा दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोशेरोको मुख्य खानेकुरा लेमिङ (मुसोजस्तो जनावर) को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोशेरा बसाइँ सर्ने क्रम बढ्दो छ । 

    अधिकांश हिउँदमा उत्तर अमेरिकाको हिमाली लाटोकोशेरो ग्रेट लेक्स वा केप कोल्ड क्षेत्रभन्दा धेरै तल नझर्ने विडनसाउन बताउँछन् । ‘तर, आक्रमण हुँदा भने उनीहरुले सामान्यभन्दा अझै दक्षिणी क्षेत्रमा बसाइँ सर्छन्,’ उनी भन्छन् । 

    पूर्व र माथिल्लो मध्यपश्चिमी क्षेत्रमा देखिएका जवान चराहरुमध्ये अधिकांश हिउँमा पाइने लाटोकोशेरो छन् । पक्षीहरुको निरीक्षकर्ताहरुको समूहले प्रयोग गर्ने गैरसरकारी मञ्च इबर्डका अनुसार यो हिउँदे मौसममा कन्सास, मिसोउरी, टेनेसा, नर्थ क्यारोलिना र म्यारिल्यान्डमा हिमाली लाटोकोशेरा फेला परेका छन् । 

    अमेरिकाको मुटुमा फेला पर्न थालेपछि लाटोकोशेरोले अधिकांश चराचुरुङ्गीप्रेमीको ध्यान तानेको छ । 

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…