• महोत्तरी, २९ पुस 

    महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न  बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

    महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झन्झट भाेगिरहेका यहाँका स्थानीयलाई राहत भएकाे हाे ।

    यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफाेनका लागि पनि बजार जान्थे ।  'हामी निकै खुसी छाैँ,' स्थानीय इशारा लामाले भनिन् ।

    `आफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएकाे छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,'´ स्थानीय अर्जुन थापाले भने ।

    टावर बनेकाे लामाे समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।

    Avatar

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित वन क्षेत्रमा बेवारिसे अवस्थामा युवाको शव फेला परेको छ । सुन्दर…

मोरङ । मोरङ ३ नं. क्षेत्रबाट निर्वाचन संघीय सांसद सुनिल शर्मा पक्राउ परेको विरोधमा आजसाँझ पथरीमा विरोध प्…

अमेरिका । किरात राई सोसाइटी आफ अमेरिकाको सल्लाहकार मनि बाङदेल राईको आपा खड्गबहादुर राईको ८४ बर्षक…

मोरङ । विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेकोमा मोरङको पथरीशनिश्चरे– ९ स्थित सीता आदर्श आधारभूत …