• काठमाडौं, २९ पुस
    इंग्लिस प्रतिद्वन्द्वी टोटनहमविरुद्ध १-० को सहज जितसँगै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ । 

    बुधबार लण्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३-० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । अब, चेल्सीले उपाधिका लागि वेम्वली रंगशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँगै खेल्नेछ । दुई टोलीबीचको खेल कोभिड–१९ का कारण हुन सकेको छैन । 

    यसअघि खेलको १८औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा चेल्सीले सहज जित पायो । मासन माउन्टको कर्नरमा रुडिगरले हेड गोल गरेका थिए । 

    यसअघि खेलको ४२औं, ५७औं र ६४औं मिनेटमा टोटनहमले भारको सामना गर्नुपरेको थियो । तर कुनै पनि समय पेनाल्टी र गोल पाएन । बाँकी समय गोल नहुँदा चेल्सी फाइनल पुग्न सफल भयो । 

सम्वन्धित समाचार

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…

 इटहरी, २७ पुस इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको त…

काठमाडौं, २१ पुस कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी…