• काठमाडौं, २९ पुस

    सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍याे । 

    जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए । यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे । अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट भए ।  

    कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ले सर्वाधिक चार विकेट हात पारे । चार ओभरमा १५ रन मात्र खर्चिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा विकाश अग्री, आदितय महता र गजेन्द्र बोहराले समान एक विकेट लिए । 

    यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङका गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो । 

    सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । यस्तै वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे ।

    कर्णालीका प्रकाश जैसीले  सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट लिए ।

    जितसँगै सुदूरपश्चिमले समूह ए बाट दुई अंक जोडेको छ । उसले दुई खेल खेल्दै तेस्रो स्थानमा उक्लिएको हो । यस्तै कर्णालीको समेत दुई खेलबाट एक जित र एक हारसहित दुई अंक रहेको छ । 

    दुई खेलमा शत प्रतिशत जित निकालेको पुलिस शीर्ष स्थानमा छ । तीन खेलमा तीन अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहँदा कर्णाली चौथो स्थानमा झरेको छ । प्रदेश १ भने एक अंकसहित पुछार तथा पाँचौ‌ं स्थानमा छ । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …