• काठमाडौं, २९ पुस 

    सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । 

    गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी गराए । उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो । 

    गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो । त्यसपछि काठमाडौं आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ । 

    यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो । 

    मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए । 

सम्वन्धित समाचार

 काठमाडौँ, २० भदौ : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितक…

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…