• सप्तरी, २ माघ

    संक्रान्ति पर्व विभिन्न जातजाति समुदायले छुट्टाछुट्टै तरिकाले मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद गरेको पाइएको छ ।

    राजविराज नगरपालिका-६ का सुमन देवले भनिन्, ´यो पर्वमा तिल, गुड, चामल, केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कुलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा, हजुरआमा, बुवाआमाले नाति छोरालाई सूर्य भगवानलाई साक्षी राखेर तिल तिल बहबी भन्दै पाँचदेखि सात पटक खुवाउने र छोराले ह ह भन्ने चलन रहेको छ ।' छोरी विवाह गरेर अर्काको कुलमा, अर्काको घर जाने भएकोले छोरीलाई खुवाउने चलन नरहेको देव बताउँछिन् ।

    सप्तरीको राजविराज नगरपालिका वडा-१३ कि ८० वर्षिया सावित्री देवी देवले भनिन्, ´छोराको आमाबाबुलाई पाल्ने, दाहसंस्कार गर्ने जिम्मेवारी भएकोले छोरालाई उक्त प्रसाद आफ्नो हातले खुवाउने प्रचलन परापूर्व कालदेखि नै रहँदै आएको छ ।'

    छोरीहरू अर्काको अधिनमा हुने भएकोले उनीहरूको आवश्यकता भएको बेला उपस्थिति हुन नसक्ने अवस्थामा  कर लगाउन नमिल्ने भएपछि छोरीलाई नखुवाउने गरेको उनको तर्क छ ।
    मुरही, चिउरा, तिलको लड्डु छोरी खान दिने मिल्ने,छोरीको घरमा कोसेली पठाउन मिल्ने तर छोरा नातिलाई खुवाए जस्तै सूर्यलाई साक्षी राखेर खुवाउन नमिल्ने राजविराज-२ का पवनकुमार यादवले बताए।

    तिलमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिलको प्रयोग गर्ने चलन रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…