• काबुल, २ माघ

    अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो । तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन् । यसअघि एक जना मानिसले बढीमा प्रति साता २०० डलर झिक्न पाउँथे । 

    अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिवानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरिएको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलर बजेट सार्वजनिक गरेको थियो । सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना गरिरहेको छ । 

    बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ । 
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …