• बाजुरा, २ माघ

    कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालिको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो ।

    उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । 

    केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको आजै दाहासंस्कार गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार भएको स्थानीयले बताएका छन् ।

    मृतक बुढासंग आएका अन्य स्थानीय भने होम आइसोलेसनमा छन् । देशरभर कोरोना संक्रमण वृद्धि हुन थाले पछि बाजुरामा पनि संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।

    हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगा नगरपालिकाका १ र बुढीनन्दा नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ । जिल्ला भर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ ।

    जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्यक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्तरणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे ।  अस्पतालमा दैनिक एन्टीजेन परीक्षण गर्न आउनेको संख्यामा वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरे । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …