• खोटाङ, ३ माघ 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् ।

     संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको  गरी ८५ लाख ८२ हजार (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा)का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ । 

    निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो । झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको मेयर राईले बताए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…