• एजेन्सी
    सीउल, ३ माघ
    उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

    ‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् । 

    उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ ।  शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …