• लमजुङ ,४ माघ
    लमजुङ जिल्ला अस्पतालमा पुन: ज्वराे (फिभर) क्लिनिक सञ्चालन गरिएको छ । भर्ना भएका बिरामीमा काेभिड-१९ काे संक्रमणको सम्भावित जोखिम रहेकाले जाँचका लागि क्लिनिक सञ्चालन गरिएको हो । ज्वराे क्लिनिकबाट परीक्षण गरेर थप उपचार हुने गरेकाे अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

    फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ । आइसाेलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए ।जिल्लामा हाल ६७ जना संक्रिय संक्रमित छन् ।

    जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सोमबार एकैदिन ३५ जना संक्रमित थपिएका थिए । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …