• सुरेस परियार/न्युज कारखाना  
    सिमकोट, ४ माघ 

    काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ । साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ ।

    सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेकाे छ ।

    स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जाेडिएकाे कवाडी  र मुगुसँगकाे जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ ।

    सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनकाे काम भइरेकाे छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …