• पाेखरा, ४ माघ

    काेभिड-१९ संक्रमण तीब्र भएकै समयमा पाेखराकाे ठूलाे फुटबल प्रतियाेगिता आहा रारा गाेल्डकप बिहिबारदेखि सुरु हुने भएकाे छ ।

    आयाेजक सहारा क्लब पाेखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता सञ्चालनकाे जानकारी गराइएकाे हाे । स्टेडियमकाे क्षमताकाे तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियाेगिता गर्न लागेकाे आयाेजकले जनाएकाे छ ।

    २०औँ संस्करणमा १० टीमकाे सहभागिता रहनेछ । आयाेजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गाेल्डकप ठूलाे प्रतियाेगिता हाे ।

    प्रतियाेगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएकाे एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९औँ संस्करणकाे उपाधी संकटा क्लबले जितेकाे थियाे । उद्घाटन खेलमा आयाेजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …