• पोखरा, ४ माघ

    करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।

    उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौंबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अंकित सुनारसमेत समातिएका छन् ।

    सुनारको साथबाट ५ थान सिक्री, एक थान औंठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

    उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले सुनाए ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…