• जाजरकोट, ४ माघ

    जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो  ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ । विदेश जानु पर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए । 

    वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संस्थागत पहल, आवश्यक प्रमाणहरू सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क र समन्वय लगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

    टेलिभिजनमार्फत वैदेशिक रोजगारी सम्बन्धी सचेतना मूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेहरूले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…