• महोत्तरी, ५ माघ

    महोत्तरीका स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिएर सुरक्षित वातावरणमा पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । जिल्लाका सिमाना नजिकका पालिकाहरू सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भए पनि अन्य पालिकामा त्यति धेरै जोखिम नभएको स्थानीय सरकारहरूको दाबी छ ।

    स्वास्थ्य मन्त्रालयवाट १५ माघसम्म पठनपाठन बन्द गर्नै पर्ने निर्देशन जारी भए पनि जिल्लाका कतिपय पालिकाहरूले त्यसलाई टेरेका छैनन् । गौशला नगरपालिकाले त कुनै पनि सिक्षण संस्था बन्द नगरी पठनपाठनलाई जारी राख्न निर्देशन दिइसकेको छ ।

    ‘भने जति पाठयक्रम पनि नसकिएको र पटक–पटक बन्दले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भइरहेकाले   विद्यालय पठनपाठन सुचारु राख्ने निर्णय गरेका हौँ,’  नगरपालिकाका नगरप्रमुख सिवनाथ महतोले भने ।

    यता बर्दिबास नगरपालिकाले पनि कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सक्ने निजी तथा सामुदायिक विध्यालयलाइ सल्लाह दिएको छ ।

    ‘कतिपय ठाउँमा  अझै विद्यालय सञ्चालन भइरहेको जानकारी आएको छ । तर, हामीले किन खोलिरहनुभएको भनेर सोधेका छैनौँ । उहाँहरूले जोखिमलाई ध्यानमा राखी सोहीअनुसार पठनपाठन गराउन सक्नुहुन्छ,’ नगरप्रमुख बिदुर कार्कीले भने ।

    सम्सी, सोनामा, मट्टीहानी, बल्वा, महोत्तरी, जलेश्वर, एकडारा, मनरासिस्वा, लोहारपट्टीजस्ता पालिकाका कतिपय ठाउँमा अहिले पनि पठनपाठन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    विद्यालयमा नै पुगेर जिल्लाको सबै पालिकामा करिब ८३ प्रतिशत विद्यार्थीमा खोप लगाइसकिएको हुनाले पनि त्यति धेरै जोखिम नभएको शिक्षकहरूले दावी गरेका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…