• ग्रामिण सुधार सामुदायिक वनको २१ र्औ बार्षिक साधारणमा शुभकामना दिदै कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले ।

    मोरङ । मोरङ मोरङको कानेपोखारी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समितिले गत आर्थिक बर्षमा साढे ३१ बढीको वन पैदावार बिक्री गरेको छ । 
    ग्रामिण सुधार क्षेत्रफलको हिसावले मोरङकै ठूलो सामुदायिक वन हो । सावउसको बुधबार २१ औं बार्षिक साधारणमा प्रस्तुत लेखापरीक्षण प्रतिवेशनमा काठ लगायत वन पैदावर बिक्रीबाट ३१ लाख ७१ हजार ७९७ रुपैयाँ, सेवा, सदस्यता, परिचयपत्र शूल्क, दण्ड जरिवाना लगायत ३६ लाख ३० हजार ९२० रुपैया ५० पैसा आम्दानि रहेको उल्लेख छ । जसमध्ये २८ लाख ८३ हजार ५९६ रुपैया ८ पैसा खर्च भएर ७ लाख ४७ हजार ३२४ रुपैया ४२ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ । यो गत आर्थिक बर्षसम्मको हिसाव हो । 
    ग्रामिण सुधार सामुदायिक वनमा उपभोक्तावीच आर्थिक किचलो र वैज्ञानिक वन कार्यविधि खारेजीहुँदा लामो समयदेखि वन पैदावर बिक्री भएको थिएन । आन्तरिक समस्याकै कारण वनको बैंक खाता सब डिभिजन वन कार्यालय कानेपोखरीको शिफारिसमा मात्र सञ्चालन हुँदै आएको छ । 
    बुधबार भएको बार्षिक साधारण सभाको उद्घाटन सत्रमा समूहका अध्यक्ष नवीन राईले कार्यप्रगति प्रतिवेदन र विधान संशोधन, देबेन्द्र थावाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    खाली क्षेत्रमा वृक्ष रोपन गर्ने, उपभोक्ताहरुको लागि समिल स्थापना गर्ने, कानेपोखारी, भलुवा सिमसार लगायतको पर्यटकीय क्षेत्रको विकासमा जोड गर्ने, बैंक खाता सब डिभिजन कार्यालयको शिफरिस बिना सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने लगायतको प्रस्ताव अध्यक्ष नवीन राईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी अध्यक्षद्वारा प्रस्तुत सरकारले काठको मूल्य बढाएकोले उपभोक्ताको लागि प्रति किबी १०० वृद्धि गर्ने, कर्मचारीको तलब वृद्धि गर्ने, तीन बर्ष अघिदेखि निकाल्न नपाएको ढलापडा, सुक्खा खडा र सिसौको रुखहरु संकलन गर्न प्रकृया अघि बढाउने लगायतको प्रस्तावहरु पारित भएको छ । 
    कोषाध्यक्ष देबेन्द्र थावाद्वारा प्रस्तुत प्रतिवेदनमा प्राप्त आम्दानि वन विकास, महिला शसक्तिकरण, सामुदायिक बिकास, कार्यालय ब्यवस्थापन, ऋण फिर्ता, गाउँपालिका कर लगायतमा खर्च शिर्षक देखाइएको छ । 


    कार्यक्रममा कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश महासचिव अग्नि पौडेल, जिल्ला उपाध्यक्ष शुभद्रा भट्टराई, सब डिभिजन वन कार्यालय कानेपोखरी प्रमुख तुलशी यादव, नेपाली काग्रेसको योगेन्द्र दाहाल, एमाले पालिका अध्यक्ष शुसिल बुढाथोकी, माओवादी केन्द्रको अध्यक्ष मनोज राजवंशी, नेकपा समाजवादीको भूमि पराजुली, ९ नम्बर बडा अध्यक्ष मोहनप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    ग्रामिण सुधारको ८३९ हेक्टर क्षेत्रफल रहेको छ भने क, ख र ग गरी ४ हजार ८८६ उपभोक्ताहरु रहेका छन् । 

     

सम्वन्धित समाचार

अमेरिका । किरात राई सोसाइटी आफ अमेरिकाको सल्लाहकार मनि बाङदेल राईको आपा खड्गबहादुर राईको ८४ बर्षक…

मोरङ । विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेकोमा मोरङको पथरीशनिश्चरे– ९ स्थित सीता आदर्श आधारभूत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित इलाका प्रहरी कार्यालय पथरीमा नयाँ इन्चार्ज लक्ष्मी भण्डारी आएका छन् । गृह म…

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित नमस्ते बुद्ध इन्भेष्टमेन्टमा कम्पनीको दोस्रो साधारण सभाबाट अध्यक्षमा पुन …