• काठमाडौं, ९ माघ 

    पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गरे । 

    प्रतियोगितामा सिँधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले अग्रता बनाए । पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गरे । 

    खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाए । मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट गर्दै सहज गोल गरे । 

    पहिलो हाफमा दुबै टोलीले कुनै पनि त्यस्ता गोलका अवसर बनाउन सकेनन् । दोस्रो हाफमा पुलिसका जुमनु राईले पाएको अवसर सदुपयोग गर्न सकेनन् भने मनाङका आफिज ओलावाले र अशोक थापा मगरले पाएका अवसर गुमाए । 

    यसअघि प्रि–क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडेमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरियो । 

    राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण मनाङ र पुलिसका महत्वपूर्ण खेलाडीनै खेलमा सहभागी भएनन् । पुलिसका गोलरक्षक सत्रुधन चौधरीसहित तेज तामाङ र सुमन लामा प्रशिक्षणमा छन् भने मनाङका कप्तान अन्जन विष्ट, नीतिन थापा, पुजन उपरकोटी, दिनेश राजवंशी प्रशिक्षणमा रहेका छन् । 

    प्रतियोगिताका लागि मनाङले न्युरोड टिम एनआरटीका शिब गुरुङ र राजेश परियारलाई भित्राएको थियो । सोमबार संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …