• जुम्ला, ९ माघ

    जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा एकल महिला र जेष्ठ नागरिकको सेवा व्यस्त छन् । उनी कोरोनाको बढ्दो संक्रमण होस् वा जुम्लाको माइनस डिग्रीको चिसोमा होस् सतर्कता अपनाउँदै जनताको सेवामा तलिनन् भएकी हुन् । 

    उनी यतिवेला ‘सुनौलो हजार दिनभित्रका आमासँग र जेष्ठ नागरिकसँग उपाध्यक्ष’कार्यक्रम लियर गाउबस्तीमा व्यस्त छिन् । 

    तिलाका गाउँबस्तीमा पुगेर  एकल महिला र जेष्ठ नागरिकका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना कुरासहित पोषणको महत्वबारेमा जानकारी गराउँदै आएकी छन् ।

    ‘पालिकाका नौ वटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,’ उपाध्यक्ष बुढाले भनिन्,‘कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखि पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुग्ने गरेकी हुँ । ’  

    त्यस्तै उपाध्यक्ष बुढाको नेतृत्वमा सञ्चालितल आमासँग उपाध्यक्ष कार्यक्रमले यहाँका महिलालाई सचेत बनाएको तिला २ की आश्मा  रावतले  बताइन् । 

    यो प्रशिक्षणले हामीलाई पोषण र पोषिलो खानेकुरा खानका लागि निकै राहत पुगेको छ । उनले भनिन्, 'यो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । उनले भनिन्, 'स्वास्थ्यकर्मीको टोली सहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अध्यान दिनु पर्ने कुराको बारेमा बुझाउनु हुन्छ ।'

    ‘पहिलो वर्ष फिल्टर बाडेका थियौँ । दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँड्यौँ । तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ ’उपाध्यक्ष बुढाले भनिनन् ।  अहिले गर्भवती तथा सुत्केरी आमालाई पोषिलो खानेकुरा बनाउनका लागि गाउँगाउँमा पुगिरहेको उनले बताइन् । पोषिलो कोसेली स्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिइएको उनले जानकारी दिइन् । 

    अहिले जेष्ठ नागरिकलाई हर्लिक्स, कपडा, तोरीको तेल दिने गरिएको उनले बताइन् । आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझाव सहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उनले बताइन् । 

    'सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छौँ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइरहेका छौं' उनले भनिन् । स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक रहेको उनले बताइन् ।  

    तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिइन् । जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताइन् । पालिका भित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ । 

    त्यस्तै तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले  १, २ ,३  ५, र ७ वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । जाडोबाट बच्नका लागि ज्येष्ठ नागरिकलाई टोपी र हर्लिक्स प्रदान गरिएको हो । पालिकाका सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…