• काठमाडाैं, १२ माघ

     १२ माघ २०७८ बुधबार । तदनुसार जनवरी २६ तारिक २०२२ । माघकृष्णपक्ष नवमी तिथि, तैतलि करण, स्वाती नक्षत्र, शूल योग, चन्द्रमा तुला राशिमा रहेको छ ।

    आज बिहान सूर्योदय ६ :५५ मा हुनेछ भने सूर्यास्त  १७ः३८ मा हुनेछ । आज १२ः३७ देखि १ः३८ सम्म राहुकाल रहेको छ । ११ः५५ देखि १२ः३८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । बुधबारका दिन घर गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ मानिन्छ ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईंलाई आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईंलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ । आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्राे हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारको कामबाट तपाईंलाई लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हटेर जानेछ । आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालयको नामस्मरण गर्नुहोला र चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईंले सोच अनुसारको काम हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला ।   

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा नाम स्मरणले मात्र  मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईंलाई फाइदा पुग्नेछ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईंको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । घरव्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।  

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…