• महोत्तरी, १२ माघ 

    महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीश कुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनतम पार्टीले दाबी गरेको छ । 

    जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रिय सभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेको मेसु साहले बताएका थिए । 

    आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदाबताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए । 

    तर, डा. साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे  ।  डा. साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ । 

    जनमत पाटीको प्राणरक्षक चिकित्सकहरू माथि आक्रमण गर्ने नीति छैन,’  न्युज कारखानासँग कुरा गर्दै नेता स्वराजीले भने, भूलबस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’ 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…