• काठमाडौं, १२ माघ

    दश खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहारारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

    सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपीएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक-एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे ।

    पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । अब, उपाधिका लागि एपीएफले मनाङ मस्र्याङ्दी क्लब र  त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्ने छ ।

    खेलको २५औँ मिनेट एपीएफले अग्रता बनाएकाे थियो । मणि लामाको फ्रि-किकमा सनिषले हेड गोल गरे । खेलको ४०औँ मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रि-किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।

    खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो । यसपटक प्रदीप लामाले गोल गरे । कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।

    खेलको इन्जुरी समयको आठौँ मिनेटमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो । आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे ।

    खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सिमित भएकाे थियो । रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

    प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीविना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् ।

    प्रतियोगिताको दोस्रो सेमिफाइनमा भोलि (बिहीबार) हुनेछ ।

सम्वन्धित समाचार

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…