• काठमाडौं, १४ माघ

    चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ । उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ ।

    डेली मेलको रिपोर्टअनुसार चीनको यो योजनाको उद्देश्य फाइभजी सेवालाई गति दिनु रहेको छ । यी स्याटलाइट निर्माण कार्य चोङकिङ सहरमा भइरहेको छ । चीनले आफ्ना ग्रामीण इलाकामा इन्टरेनेट सेवा वितरण गर्ने बताए पनि यसबारे थप कुरा बाहिर आएको छैन ।

    अहिले संसारभर फ्रिक्वेन्सीमा कब्जा जमाउने विषयमा होडबाजी चलिरहेको छ । यस विषयमा चीनले चिन्ता जनाउँदै आएको छ । 

    आशंका के गरिँदै छ भने यो हाइस्पिड इन्टरनेट सेवा विस्तारमा चीन अघि बढिरहेको छ । चीनले यस्तो स्याटलाइट अमेरिकालगायतका मुलुकको जासुसी गर्नमा प्रयोग गर्नसक्ने सन्दर्भलाई लिएर यतिखेर चिन्ता बढेको छ । उसै पनि कोरोना महामारीको विषयलाई लिएर चीन र पश्चिमा मुलुकहरूबीच तनाव कायमै छ । 

    मंगलग्रहमा सहर बसाउने सपना देखिरहेका स्पेसएक्स कम्पनीका मालिक एलन मस्क पूरै अन्तरिक्षलाई आफ्नो स्टारलिंक उपग्रहबाट बाँध्ने कार्यमा जुटिरहेका छन् । मस्कको कम्पनीले अहिलेसम्म दुई हजार उपग्रह अन्तरिक्षमा छाडिसकेका छन् । उनको योजना कुल ४२ हजार उपग्रहलाई अन्तरिक्षमा छाड्नु रहेको छ । 

    हालै फाल्क रकेटको मद्दतमा स्पेसएक्सले ४९ स्टारलिंक उपग्रह अन्तरिक्षमा छाडेको थियो । यिनै उपग्रहको मद्दतबाट मस्क सारा संसारमा इन्टरनेट सेवा सुरु गर्ने तयारीमा छन् । यही कार्य गर्न चीन पनि अग्रसर भइरहेको देखिन्छ । (एजेन्सी)
     

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…