• काठमाडौं, १४ माघ

    बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ ।

    केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । मालदिभ्समा गएर उनले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बिर खिचाइन् । कैटरिनाको नियोन मल्टी कलर बिकिनीको मूल्य १० हजार नौ सय भारु हो ।

    कम उमेरमै दर्शकको मनमा बस्न सफल अभिनेत्री जाह्नवी कपूरले हालैमात्र बिकिनी तस्बिर पोस्ट गरेकी थिइन् । स्विमिङ पुलमा जुन बिकिनी लगाएर फोटोसुट गराएकी थिइन्, त्यो बिकिनीको मूल्य १७ हजार चार सय ९० भारु पर्छ ।

    हालका दिनमा अभिनेत्री अनन्या पाण्डे आफ्नो नयाँ फिल्म ‘गहारइयाँ’को प्रमोसनमा व्यस्त छिन् । अनन्याले पनि धेरैपटक बिकिनीमा फोटोसुट गराइसकेकी छन् । उनको थ्री पिस बिकिनीको मूल्य १६ हजार दुई सय ४० रुपैंयाँ पर्छ ।

    अभिनेत्री करीना कपूर जहिल्यै आफ्नो फेसन सेन्सबाट दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् । केही समयअघि उनले लगाएको जियोमेट्रिक प्रिन्ट स्विमसुटको चर्चा निकै भएको थियो । यसको मूल्य दुई हजार ५ सय ९० रुपैंयाँ पर्छ ।

    हालैमात्र आमा बनेकी अभिनेत्री प्रियंका चोपडा पनि समय-समयमा बिकिनीको ग्ल्यामर तस्बिर पोस्ट गरिरहन्छिन् । उनले लगाउने गरेको रेड स्विमसुटको मूल्य २८ हजार दुई सय रुपैंयाँ हो ।

    अभिनेत्री सारा अलि खान पनि स्विमवेयरलाई निकै देखिने गर्दछिन् । ओरेन्ज र पिंक रंगको स्विमवेयरमा सारा निकै सुन्दर देखिन्छिन् । यो स्विमवेयरको मूल्य १० हजार चार सय रुपैंयाँ हो ।

    अभिनेत्री दिशा पटानी प्रायः छुट्टीमा गइरहन्छिन्, जहाँबाट उनले आफ्नो बिकिनी तस्बिर सार्वजनिक गर्छिन् । कसैले दिशाको ओरेन्ज शेड बिकिनी सम्झिएको छ भने त्यसको मूल्य १२ हजार आठ सय रुपैंयाँ पर्दछ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…