• मोरङ । भूमिहिन सुकुम्बासीलाई यथासक्य चाँडो जग्ग धनीपुर्जा वितरण गर्न तयार रहेको राष्ट्रिय भूमि आयोगको पदाधिकारीहरुले बताएका छन् । 
    सोमबार पथरीशनिश्चरे नगरमा आयोजित जनप्रतिनिधि र आयोगको पदाधिकारीवीच भएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन । नगर प्रमुखसमेत रहेका स्थानीय तहस्तरीय भूमिहिन तथा अव्यावस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिका संयोजक दिलिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न दलका नेताहरु लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा भूमि आयोगको केन्द्रीय सदस्य सिरता महर्जनले नेपालमा कोहीपनि घरजग्गा बिहिन भएर बस्नु नपरोस भनेर सरकारले आयोग गठन गरेकोले आफूहरु तत्काल धनिपुर्जा वितरण गर्ने गतिमा रहेको बताए । अघिल्लो आयोगले गरेको कामको स्वामित्व लिदै स्थानीय जनप्रतिनिधि, राजनीतिक पार्टीका नेताहरु र सरोकारवालाहरुले सहयोग गरेको खण्डमा केही महिना भित्रै जग्गा धनिपुर्जा वितरण हुने महर्जनले बताए । उनले धार्मिक, सांस्कृतिक क्षेत्र, पैनी र रुख भएको वन क्षेत्रको जग्गा वितरण गर्न नसक्ने कार्यविधिमा व्यवस्था रहेको बताए । 
    आयोगको मोरङ जिल्ला अध्यक्ष बिनिता घिमिरे (सामाना)ले सरोकारवाला सवैपक्षको सहयोग भए पथरीशनिश्चरे नगरमा जग्गा नाप्न एउटा वडालाई हप्तादिनमा सकिने र अढाई महिना भित्र नापी सकेर वितरण कार्यहुने बताए । 
    चाँडो जग्गा धनीपुर्जा वितरण गर्न नापी बिभागबाट एक जना सर्भेक्षक र दुई जना अमिन भालीनै आउने घिमिरेले जनाकारी दिए । धनीपुर्जा यथासक्य चाँडो वितरण गर्ने उदेश्यले गुगल नापीबाट जानसकिने बताइएको छ । 
    कार्यक्रममा १ नम्बर प्रदेश सभासदस्य कृष्णाकुमारी राईले पुरानै पानीको आधारमा जग्गा वितरण गरिएमा अझ चाँडो हुने सुझाव दिएका थिए । 
    नगर प्रमुख दिलिपकुमार राईले अघिल्लो आयोगले भूमिहिन सुकुम्बासीहरुको लगत संकलनपछि ७ नम्बर वडासम्मको डाटा इन्ट्री भएको र नगरमा पाँच प्रकारको भूमिहिन सुकुम्बासी समस्या रहेको आयोगको पदाधिकारीहरुलाई जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बास्तोला लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा नेपाली कांग्रेसको नगरसभापति रुपनारायण भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रको अध्यक्ष चेतन दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष फिपराज बेघा, नेकपा (एकीकृत समाजवादी)का सचिव देवेन्द्र वनेम लगायतले आयोगको कामलाई सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । 
    राष्ट्रिय भूमि आयोग मोरङको भोली (मंगलबार) विराटनगरमा कार्यालय उद्घाटन गर्न केन्द्रीय अध्यक्ष केशव निरौला आउने र देशैभर यथासक्य चाँडो जग्गा धनीपूर्जा वितरण गर्न आयोग लागि परेको केन्द्रीय सदस्य सरिता महर्जनले बताए । 
    मोरङको पथरीशनिश्चरे नगरपालिकामा सबैभन्दा बढी सुकुम्बासी र समस्या रहेको छ । अघिल्लो आयोगले पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी, लेटाङ, बेलबारी र सुन्दरहरैचामा जग्गा धनीपुर्जा वितरण गर्ने सम्झौता भइसकेको छ । 


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …