• कियाचु पथरीशनिश्चरे नगरमा नव निर्वाचित पदाधिकारी सदस्य र अतिथिहरु

    मोरङ । लिम्बु समुदायको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशनले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ । 
    सोमबार मोरङको पथरीशनिश्चरे नगर स्थित सिरिजंङ्गा धार्मिक वनमा भएको अधिवेशनले उपाध्यक्ष गणेश थक्लुङ, सचिव धनप्रसाद साँबा, सहचिवमा भरत खजुम र कोषाध्यक्ष गंगामाया मादेनलाई चयन गरेको छ ।  त्यसैगरी सदस्यमा सुजन साँवा, कोपिला लिम्बू, छत्र लिम्बू, वकिलमान थेबे, अजय लिम्बु, भक्तबहादुर जवेगु, सुमित्रा थाङदेन, सुरज लिम्बु, गणेश लिभाङ, छत्र सेरेङ, सुरन्ता लिम्बु सर्वसहमत चयन भएका हुन् । 


    उद्घाटन कार्यक्रम पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख राईले शुभकामना दिदै लिम्बु भाषा विकासको लागि विभिन्न विद्यालय भाषामा पढाइ भइरहेको प्रसंग उल्लेख गरे । नगरमा राई, लिम्बु, संस्कृत लगायतको भाषा विकासको लागि नगरले सुरु गरेको कार्यक्रम स्थानीय तहको आउने अर्को सरकारले समेत बन्द गर्न नमिल्ने बताए । नगर प्रमुख राईले नगरमा रहेका भूमिहिन सुकुम्बासीहरुलाई तत्काल जग्गा वितरणको लागि प्रकृया अघि बढाइन बताए । 
    नगर १० नम्बर वडा सदस्य अनोज घिमिरे, कियाचु मोरङ जिल्ला अध्यक्ष बिबेक लिम्बू लगायतको उपस्थिति रहेको कार्यक्रममा चियाचु केन्द्रीय सदस्य खिनामाया लिम्बू, १ नम्बर प्रदेश समिति सदस्य सन्तोष सेरेङ, राष्ट्रिय परिषद सदस्य फिपराज बेघा, फोनिज १ नम्बर प्रदेश निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, कियाचु नगर पूर्व पदाधिकारी देवेन्द्र वनेम, गणेश थक्लुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । 
    बक्ताहरुले १ नम्बर प्रदेशको नाम पहिलाचको आधारमा किरात लिम्बुवान वा लिम्बुवान किरात जोड गर्नुपर्ने बताएका थिए । गएको निर्वाचनमा पथरीशनिश्चरे नगरमा आदिबासी जनजाति संग्राहलय निर्माण गर्ने आश्वासन दिएन नबनाएको चर्चा चलेको थियो । कियाचु लगायतका सामाजिक संस्थाहरुले किरात सिरिजंगा लिपीलाई साझा रुपमा प्रयोग गर्ने निर्णय भएकोले सबै मिलेर प्रयोगमा ल्याउनु पर्ने बक्ताहरुले बताएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…