• मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले १ नं. प्रदेशको नाम बारे राजनीतिक दल, प्रदेश सरकार र सांसदहरुसँझ पुनः छलफल सुरु गरेको छ । 
    किरात राई यायोक्खा राई समुदायको साझा संस्था हो । यायोक्खाले १ नं. प्रदेशलाई किरात प्रदेश नाम राख्न पछिल्लो डेढ दशकदेखि निरन्तर पहल गर्दै आएको छ । 
    फागुनको पहिलो सातादेखि प्रदेश १ मा हिउँदे अधिवेशन सुरु हुने तयारीमा सरकार रहेको छ । अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने चर्चा चलेपछि यायोक्खा दलका नेताहरुसँझ छलफलमा जुटेको यायोक्खा महासचिव जनक राईले बताए । 
    किरात शब्द एउटा जाति नभएर इतिहास, सभ्यता, भुगोल भएको तर्कसहित प्रदेशको नाम किरात राखिनु पर्ने माग गर्दै आएको छ । किरात साझा पहिचान भएकोले अधिकतम प्रदेशबासीले स्वीकार्ने यायोक्खाको तर्क रहेको छ । 
    किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा आएको टोलीले बुधबार र बिहिबार प्रदेश राजधानीमा आएर मुख्यमन्त्रीसमेत रहेका नेकपा (एस)को संसदीय दलका नेता) राजेन्द्रकुमार राई, आर्थिक मामिला मन्त्री (नेकपा माओवादी केन्द्र संसदीय दलका नेता) इन्द्रबहादुर आङ्बो, सामाजिक बिकास मन्त्री (जसपा संसदीय दलका नेता) जयराम यादब, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च संसदीय दल नेतासमेत रहेकी सामाजिक बिकास राज्यमन्त्री बिष्णु तुम्बाहाङ्फे, पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेपाली काग्रेस संसदीय दलका नेता राजिब कोइराला, एमाले संसदीय दलको नेता (पुर्ब मुख्यमन्त्री) भीम आचार्यसँग भेटघाट गरी छलफल अघि बढाएको हो । 


    छलफलको क्रममा मुख्यमन्त्री, मन्त्री र दलका नेताहरु प्रदेशको नाम किरात राख्ने बिषयमा सकारात्मक धारणा व्यक्त भएको यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए । 
    भेटघाटको क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाममा सहमति जुटाउन सामाजिक विकास मन्त्री जयराम यादवको संयोजक तोकिएको बताए । राजनीतिक दलको सम्बन्धमा खटपट भएपनि सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयास गर्ने राईले बताए । 
    आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले अघिल्लो सरकारको पालामा तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले कोशी नाम राख्न मौखिक निर्देशन गरेपछि सहमति जुट्न नसकेको बताए । वर्तमान सरकार हिउँदे अधिवेशनमा सहमतिमै नाम प्रस्ताव गरिने मन्त्री आङ्बोले बताए । 
    पूर्ब मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता भीम आचार्यले ब्यक्तिगत हिसावले आफू प्रदेशको नाम किरात राख्न सहमत रहने बताए । यद्यपि पार्टीको केन्द्रीय नेताहरुको निर्देशन पनि भर पर्ने आचार्यको भनाइ थियो । किरात नामको पक्षमा बोल्दा पार्टी नेताहरुको खप्की खानु परेको उनले बताए । नेता आचार्यले भने ‘किरात जात होइन, इतिहास, भूगोल र सभ्यता हो ।’
    किरात वेददेखि लिएर इतिहासहरुमा एउटा युग र सभ्यताको रुपमा पाइने उनको भनाइ थियो । राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा अध्ययन गर्नेबानी हटिसकेको भन्दै माक्सवाद मात्र पढेर किरात शब्द नबुझिने आचार्यको भनाइ थियो । 


    पार्टीको केन्द्रीय सदस्यसमेत रहेका नेपाली कांग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम किरात राख्ने बारे पार्टी र संसदीय लदमा छलफल गर्ने बताए । सामाजिक विकास मन्त्रीसमेत रहेका जसपा संसदीय दलका नेता जयराम यादवले पहिचानकै आधारमा १ नम्बर प्रदेशको नाम राख्ने प्रयास गर्ने बताए । 
    यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा रहेको टोलीमा उपाध्यक्ष जीवन हाताचो राई, तिलकप्रसाद राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नागेशचन्द्र राई, किराया वेलायत (युके) अध्यक्ष मेजर योगेश कोयु राई, सुनसरी अध्यक्ष राजेन्द्र राई, मोरङ अध्यक्ष नरहाङ राई, नेपाल आदिबासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई लगायत रहेका थिए । 
    प्रदेशको नाम किरात राख्न प्रदेश सभा सदस्यहरु, पार्टीका नेताहरुसँझ थप छलफल गर्दै आवश्यक परे जनप्रदर्शन लगायतको  कार्यक्रम ल्याउने उपाध्यक्ष तिलकप्रसाद राईले बताए । अघिल्लो सरकारको पालामा पनि यसैगरी एकल तथा २३ वटा जातीय संस्थाहरुले संयुक्त रुपमा किरात नाम राख्न संयुक्त ज्ञापन पत्र बुझाएका थिए । प्रदेशको पहिलो मुख्यमन्त्री शेरधन राई र प्रदेश सभामुख ..लाई २५ लाख हस्ताक्षर संकलन गरी बुझाउनुको साथै प्रदेशसभामा जनप्रदर्शन गरेका थिए । 

     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…