• मोरङ । अनियमितताको बिषय उठाउदा कार्यक्रम हलबाट जवरजस्ति बाहिर निकालिएका मोरङको पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा अध्यक्ष गोविन्द भण्डारी कार्यपालिका बैठकमा तीन महिनापछि सहभागि भएका छन् । 
    गएको कार्तिक २९ गते पथरीशनिश्चरे नगरपालिकाको बार्षिक समीक्षा कार्यक्रममा नगर ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीले नगरको बेथिति र अनियमितता बारे कुरा उठाएका थिए । नगरमा कसैको बिल भपाई तुरुन्त पासहुने कसैको अनआवश्यक दुख दिइने, नगरको इन्धन वितरण लगायतको बिषयमा हुँदै आएको अनियमितता बारे कुरा उठाएका थिए । समीक्षा कार्यक्रममा वडा अध्यक्षहरु, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा नगरको अनियमितताको साथै विल भपाई तुरुन्त पास हुने र नहुने बिषयमा कुरा उठाएको उठाएकै गरेपछि नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगरप्रहरीलाई बाहिर निकाल्न भनेका थिए । 
    अध्यक्ष भण्डारीलाई नगरप्रहरीले हलबाट अपमानित ढंगले बाहिर निकालिएको भिडियो त्यसबेला सामाजिक सञ्जालमा भाइरल भएको थियो । वडा अध्यक्ष भण्डारीलाई कार्यक्रम हलबाट नगरप्रहरीले जवरजस्ति बाहिर निकालेको विरोधमा नेकपा (माओवादी केन्द्र)को तत्कालीन मोरङ जिल्ला अध्यक्ष गणेश उप्रेति (शुसिल), सरकारमा  गठबन्धन पार्टीहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा (एस)को नगर समितिले अनियमितताको छानविन समिति गठन गर्नुपर्ने लगायतको माग गर्दै संयुक्त रुपमा नगरमा ज्ञापन पत्र बुझाएका थिए । 
    यसवीचमा चार दलीय गठबन्धको तर्फबाट कांग्रेसका रुपनारायण भट्टराई, माओवादीका प्रेम ढकाल, जसपाको फिपराज बेघा र नेकपा एसका मानप्रसाद र देवेन्द्र लिम्बूको संयोजनमा नगरप्रमुख दिलिपकुमार राई र वडा अध्यक्ष गोविन्द भण्डारीवीच दुई चरणमा छलफल गराई मौखिक सम्झौता गराएका थिए । 
    सोही कारण लामो समय कार्यपालिका बैठकमा उपस्थित नभएका वडा अध्यक्ष भण्डारी गत पुस ५ गते भएको कोभिड सम्बन्धीको बैठकमा चार दलीय गठबन्धन र माओवादी जिल्ला अध्यक्ष गणेश उप्रेतिले प्रकाशन गरेको विज्ञप्ति र ज्ञापन पत्र वितरण गरेका थिए । त्यसपछि हिजो पुस २० गते आयोजित कार्यपालिका बैठक अवरोधको घोषणा भएपछि बैठक अघि नै नगर प्रमुख दिलिपकुमार राईको संयोजनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई बोलाएर दुई पक्षवीच छलफल गराएका थिए । 
    छलफलमा उपप्रमुख यमुना विष्ट बास्तोला, २ नम्बर वडा अध्यक्ष यमनाथ गुरागाई, ८ को वडा अध्यक्ष बाबुराम दाहाल लगायतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता गरेको ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीले बताए । छलफलको क्रममा आगामी दिनमा जनप्रतिनिधिलाई यस्तो कार्य नगर्ने प्रतिबद्धता आएपछि आफू करिव तीन महिनापछि कार्यपालिका बैठकमा सहभागि भएको अध्यक्ष भण्डारीले बताए । चार दलीय गठबन्धनको संयोजनमा नगर प्रमुख राईसँग र प्रमुख राईको संयोजनमा प्रमुख प्रशासकीय अधिकृत खरेलसँग आइन्दा यस्तो नगर्ने सम्झौतापछि बैठकमा सहभागिहुन थालेको भण्डारीले बताए । नगरमा भएका अन्य अनियमिताको बिषयमा आफूले कुरा उठाइ दिएको बाँकी चार दलीय गठबन्धन र नगरपालिका वीच बसेर छानबिन समिति गठनको साथै प्रकृया अघि बढ्ने कुरा भएको उनले बताए । 

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …