• मुगु, २३ माघ

    हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा आएको खरावीका कारण हवाई सेवा अवरुद्ध भएको थियो । मौसममा सुधार आए पश्चात् आइतबारबाट नियमित उडान सेवा सुचारु भएको हो ।

    हिमपातपछि मुगुमा पहिलो पटक समिट एयरले उडान भरेको थियो । पुस महिनामा पनि हिमपातले हवाई उडान एक साता प्रभावित बनेको थियो ।

    तेस्रो पटकको हिमपातमा मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित हवाई उडान भरेका छन् । 

    दुई दिनसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा परेका थिए । शुक्रबारदेखि लगातार परेको बाक्लो हिमपातले  सडक र हवाई यातायात अवरुद्ध बनेको थियो । 

    अझै पनि कर्णाली राजमार्गको माग्न-गमगढी सडक सुचारुमा आउन सकेको छैन । सडक खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजले नियमित उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…