• काठमाडौं, २४ माघ

    नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जुन तस्बिरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

    सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले इन्स्टाग्राममा राखेको पछिल्लो तस्बिरमा एक प्रयोगकर्ताले ‘तपाई एकदम बेबी डल जस्तैं देखिनुभएको छ’ भन्दै कमेन्ट गरेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले सुन्दरता र फिटनेसको रहस्य थाहा पाउन खोजेका छन् ।

    सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’लगायत हिट फिल्ममा अभिनय गरेकी छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…