• तेह्रथुम, २५ माघ 

    यतिबेला चलचित्र तेह्रथुमको पर्यटकीय क्षेत्रमा ‘तिमी कसकाे ?’  चलचित्रकाे सुटिङ भइरहेको छ । गत बुधबारदेखि सुरु भएको सुटिङ तेह्रथुममा अन्तिम चरणमा पुगेको निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।

    तेह्रथुमको तिनजुरे, बसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे,सुजेपु तिनछाँगे झरनालगायत विभिन्न स्थानहरूमा सुटिङ भएको छ । त्यस्तै चोलुङ पार्कमा केही दिन सुटिङ गरिने भएको छ । तेह्रथुममा ८० प्रतिशत र काठमाडौंलगायत विभिन्न क्षेत्रमा २० प्रतिशत सुटिङ गरिने भएको हो । 

    चलचित्रमा प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारकाे अभिनय रहेकाे छ ।

    तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई प्राथमिकता दिइएकाे छ ।

    देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन् । 

    चलचित्रमा आकाश अकुले संगीत दिएका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेकाे छ । 

    चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । २४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन् ।  चलचित्रको करिब एक महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

     

सम्वन्धित समाचार

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार&rsqu…

काठमाडौं। आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।…

 आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयम…