• काठमाडौं, २५ माघ 

    विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । 

    स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । 

    यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् । हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन् । 

    २० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा तीन हजार भन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…