• काठमाडौं, २६ माघ 

    हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ (आइसीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । १८ फागुनदेखि सुरु हुने प्रतियोगिता ललितपुरको हात्तीवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको फाइनल २१ फागुनमा हुनेछ ।

    चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नकआउट पद्धतिमा हुने प्रतियोगितामा कुल २७ खेल हुने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ । पुरस्कार राशी भने तोकिएको छैन । 

    टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई विकल्प गरी १० खेलाडी राख्न पाउने छन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …