• लमजुङ, २७ माघ

    लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनाेट गरेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रुपमा सुरु भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले वताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनाेट गरेको हो ।

    छनाेट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिढी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिंचाइ कुलो निर्माण , खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

    रोजगार संयोजकका अनुसार हाल अधिकाशं वडामा योजनाहरुको काम चलिरहेको छ भने तन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…