• मोरङ । संघीय गणन्त्र स्थापनापछि पर्याप्त बिकास भएको निष्कर्ष निकाल्दै मोरङको पथरीशनिश्चरे नगरको यो कार्यकालको अन्तिम नगरसभा समापन भएको छ । 

    संघीय गणतन्त्र स्थापना पश्चात २०७४ असार १४ गने स्थानीय तहको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिहरुले २१ गते पदभार ग्रहण भएका थिए । संघीय सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन तोकि सकेको छ । 

    नगरमा निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम अर्थात नगरपालिकाको १० नगरसभा बिहिबार समापन भएको हो । हिउँदे अधिबेशन रुपमा भएको नगरसभाले गरेको निर्णयहरु सार्वजनिक गर्न सुक्रबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना भएको थियो । 
    नगर उपप्रमुख यमुना बिष्ट (बास्तोला), प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, प्रवक्ता यामप्रसाद गुरागाई, वडा अध्यक्षहरुको उपस्थितिमा निर्णय सर्वानिक भएको थियो । 
    नगर सभाले आर्थिक बर्ष २०७८÷०७९ को बिनियोजित बजेटको टेन्डर प्रकृयाबाट बचेको एक करोड २४ लाख रकम बिभिन्न २२ शीर्षकमा बाँडफाँड भएको २ नं.वडा अध्यक्ष समेत रहेका प्रबक्ता यमप्रसाद गुरागाईले बताए । 

    बजेट सडक, पुल मर्मत, पाठ्यक्रम बिकास, अनुदान, भवन निर्माण लगायतमा लगाइएको प्रस्तुत बिज्ञप्तिमा उल्लेख छ । नगर सभाले प्रदेश तथा संघीय सरकारसँग श्रोत ब्यबस्थापन गरेर बिभिन्न २९ वटा बुँदामा थप १ करोड ४ लाख ७५ हजारको योजनाहरु सार्वजनिक गरेको छ । 

    कार्यकालमा नगरमा सपिङ कम्प्लेक्स निर्माण प्रकृया अघि बढेको, नगर अस्पताल संचालन, श्रमिक कल्याण कोष, स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक प्रकाशन, विद्यार्थीलाई शैक्षिक ऋण, पर्यटन प्रवर्धन, क्यान्सर मृगौला पीडित लगायत ८ प्रकारका दीर्घरोगीहरुलाई १५ हजारको दरले फलफुल खर्च प्रदान, ७० बर्ष माथिका बृद्धबुद्धालाई प्रदेशभर एम्बुलेन्स खर्च ब्याबस्था, ८० माथिकालाई घरघरमा स्वास्थ्य परीक्षण, कृषि तथा पशुपालनमा पकेट क्षेत्र, कोशेली घर निर्माण लगायतको योजनाहरु निर्माण तथा निर्माण सम्पन्न हुन लागेको बिज्ञप्तिमा उल्लेख छ । 

    नगरपालिकामा दलितसँग नगर प्रमुख, छात्रासँग उपप्रमुख, नगरमालिकामा २ हजार ९० वटा उजुरी (मुद्धा) मिलाएर न्यायिक समिति १ नम्बर प्रदेशमै उत्कृष्ट भएको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले बताए । कार्यपालिकाको १२९ वटा बैठक बसेको उल्लेख छ । 

    कार्यकालभर ३५ किलोमिटर सडक कालोपत्रे भएको, सुकुम्बासी समस्या समाधानको लागि प्रकृया अघि बढेको र यो आर्थिक वर्षमा १९.० प्रतिशत पुँजिगत, ४९.९९ प्रतिशत चालु खर्च भएको भएको उल्लेख छ । 

    पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जवाफ दिदै उपप्रमुख यमुना बिष्ट बास्तोलाले नगरपालिकाको भवन बिभिन्न मुद्धाको कारण निर्माण, टिममा कुरा नमिल्दा जनता आभास कार्यक्रम संभव नभएको, पथरीको मुन्दुम चोकको सार्वजनिक स्थालमा निर्मित भवन कुन बजेट र कहाँको निर्णय अनुसार निर्माण भएको भन्ने प्रस्नमा नगर प्रमुख दिलिपकुमार राईलाई सोध्नु पर्ने बताएका थिए । यो भवन बारे केही महिना अघि चार दलीय गठबन्धनले समेत यसैगरी कहाँको निर्णय र श्रोतले बनेको भन्ने प्रस्न लिखित रुपमै उठाएको थियो । 

    पत्रकार सम्मेलनमा वडा अध्यक्षहरु ३ नं.को डम्बर चेम्जोङ, ७ को कपिलमणी ढकाल, कार्यपालिका सदस्य गीता बिक लगायतको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…