• भक्तपुर,  २३  फागुन

    प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे ।

    शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।

    पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एक जना भक्तपुरकालाई प्रत्येक वर्ष एक जनालाई यो पुरस्कारबाट सम्मानित गर्ने जंगले प्रतिवद्धता जनाए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…