• उदयपुर, ३०फागुन
    उदयपुरको त्रियुगा नगरपालिका- ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो ।
    स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
    बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरण उपलब्ध गराएको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको विशेष पहलमा सगरमाथा इन्स्योरेन्स कम्पनीले राजस्व छुटसहित १५ लाख बराबरको एम्बुलेन्स र माछापुछ्रे बैकले ५ लाख ६५ हजार बराबरको प्रयोगशालाका उपकरणहरु उपलब्ध गराएको सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख डिबि कटुवालले जानकारी दिए ।
    उदयपुर सिमेन्ट उद्योग लिमिटेडको समन्वयमा सगरमाथा इन्स्योरेन्स कम्पनीले देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरणहरु हस्तान्तरण गरेको छ । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चुङ्की क्षेत्रीले त्रियुगा नगरपािलकाका नगर प्रमुख बलदेव चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।  साँचो हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापनका लागी देउरी स्वास्थ्य चौकीलाई उदयपुर सिमेन्ट उद्योग लिमिटेडको तर्पmबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
    सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैक लि. को तर्फबाट ५ लाख ६५ हजार र अन्य संघ÷संस्थाहरूको तर्फबाट गरि कुल ३० लाखको बराबरको सामाग्री स्वास्थ्य चौकी देउरीले प्राप्त गरेको छ ।
    उदयपुर सिमेण्ट उद्योगमार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । एम्बुलेन्स तथा मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास लिए ।  

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…