• पोखरा, २ चैत
    जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ ।

    विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताए ।

    संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ । ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो,’ उनले भने, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु ? ।’

    बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…