• जुम्ला,  ०८ चैत

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकूलको संघीय निजामती ऐन चाडै आउनुपर्ने बताए । उनले राष्ट्रिय कर्मचारी संगठन (निजामती) जुम्लाको पाँचौँ जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् ।  

    रावलले समायोजन विधेयक कर्मचारीलाई अन्याय गरेकाले चाडै संघीय निजामती ऐन ल्याउन नेपाल सरकार, ट्रेड युनियन र सरोकारवालाहरूको प्रथमिकतामा परेको बताए ।

    त्यस्तै समायोजन ऐन अध्यादेशबाट ल्याइएको तर सरोकारवाला निकायहरूसँग समन्वय नगरी अगाडि ल्याइएको हुँदा पूर्ण नभएको बताए । समायोजन ऐनले संघीयताको कार्यान्वयन भने भएको छ  ।  उनले भने,‘अबको संघीय निजामती ऐन आएमा कर्मचारी समायोजन तथा सरुवाको विषयमा प्रस्टाउने समेतमा जोड्छ । सरुवामा पहुँच नभई दुई वर्षमा हरेक कर्मचारीले सरुवा हुनुपर्छ भन्ने मानसिकता कायम गर्ने नीतिगत व्यवस्था हुने बताए ।

    अध्यक्ष रावलले कर्मचारीले जनतालाई सेवा प्रवाहमा फरक पन तथा अनुभूति दिनेगरी काम गर्न निर्देशन दिए । सेवा प्रवाहमा मुस्कान सहितको सेवा तथा सृजनात्मक काम गरेर कर्मचारीको नाम राख्न पनि अनुरोध गरे । 

    त्यस्तै कार्यक्रममा जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले कर्मचारी स्थायी सरकार भएकाले राज्यको समृद्धिका लागि काम गर्न कर्मचारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले  देशको विकास तथा नीति कार्यान्वयन कर्मचारीको हातमा भएकाले नेपाल राष्ट्रिय निजामती कर्मचारी (निजामती) ले प्राथमिकता राख्नुपर्ने छ । उनले भने अव निर्वाचनमा कुशलता देखाउन कर्मचारीलाई सुझाव दिए । 

    त्यस्तै  पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले कर्मचारी र पार्टीको समन्वय थप बढ्नुपर्ने भन्दै तल्लो स्तरका कर्मचारीको हक अधिकारमा जोड दिनुपर्ने  बताइन् । उनले भनिन, कर्मचारी संगठन र पाटी एक ढिक्का भएर लागेको खण्डमा माओवादीको सपना पुरा नहुने बताइन् । 

    त्यस्तै माओवादी केन्द्र जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले माओवादीले ८औं महाधिवेशनमा दिएको म्याण्डेट २१औं शताब्दीको नेपाल अनुकूलको समाजवाद भएकाले सबै निकायको सहयोग आवश्यक रहेको बताए । 

    त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले भने, अरुकर्मचारीको तुलनामा हाम्रा पाटी निकटका कर्मचारीले दिइने सेवा फरक हुनु पर्ने बताए। उनले  उनले जनतालाई मुस्कान सहितको सेवा दिन अनुरोध गरे ।

    त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय सचिवालय सदस्य महाकृष्ण पाण्डे, कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरी सहित विभिन्न कर्मचारी संगठनका नेताहरूले अधिवेशनको शुभकामना दिँदै निजामती ऐन छिट्टै आउनुपर्नेमा जोड दिएका छन् ।

    अध्यक्ष नवराज देवकोटाका अनुसार नेराकासं निजामती जुम्लाले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ । जिल्ला अधिवेशनका लागि माओवादी निकटको कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलको जुम्ला गृह जिल्ला पनि हो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…