• मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको दोस्रो ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ बिजेता द रियल ब्रदर्श फुटबल क्लवले शनिबार कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मानसहित बिदाइ गरेको छ । 
    ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ खेल क्षेत्रको नगरकै गौरवको कार्यक्रम हो । फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित लिग दोस्रो संस्करण द रियल ब्रदर्शले जितेको हो । ब्रदर्श पहिलो संस्करणको उपबिजेता टिम हो । 
    उपाधि बिजेता द रियल ब्रदर्शले शनिबार खेलाडी सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरी यो सिजनको बिदाइ गरेको हो । 
    द रियल ब्रदर्श एफसीका अध्यक्ष संजोग चाम्लिङ राईले क्लवबाट खेलेका १८ जना खेलाडीहरुलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका हुन । खेलाडीसँगै मेनेजर उमेश सुब्बा, कोच सागर कार्की र सहयोग दाताहरुलाई सम्मान तथा कदरपत्र र अथिति पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिको अध्यक्ष मनि लिम्बूले बधाई शुभकामना र क्लवका मेनेजर उमेश सुब्बा, कोच सागर कार्की, क्याप्टेन तिर्थराज बस्नेतले आफ्नो अनुभव सुनाउदै खेलाडीहरुलाई बधाई दिएका थिए । 

    क्लबको सचिव सागर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सदस्य टाईवल राईले आय ब्याय प्रस्तुत गरेका थिए । यो सिजनमा खेलाडी क्लवमा अवद्ध (किन्दा) गराउदा लागेको १ लाख २६ हजार लगायत जम्मा ७ लाख ५० हजार खर्च भएको राईले बताए । जसमध्ये ३ लाख ५ हजार सहयोग संकलन भएको, २ लाख ५१ हजार पुरस्कार प्राप्त भएको र बाँकी रकम क्लवले बेहोर्ने राईले बताए । प्राप्त पुरस्कारबाट केही प्रतिशत खेलाडीहरुलाई बोनस दिने समेत सदस्य टाईवन राईले बताए । 
    पहिलो सिजनमा दोस्रो र यो पटक च्याम्पियन भएर द रियल ब्रदर्शले आफ्नो क्लबलाई स्थापित गरेको छ । द रियल ब्रदर्शमा खेल्ने पाँच भन्दा बढी खेलाडीहरु राष्ट्रिय लेबलको क्लवहरुमा खेल्न थालेको टाईवन राईले बताए । क्लवका अध्यक्ष संजोग राईले लिग भइन्जल द रियल ब्रदर्श सहभागीहुने बताए । 
     

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…